बैशाख१६,हेटौंडा।मकवानपुरमा रुखले च्यापेर एक पुरुषको ज्यान गएको छ।

जिल्लाको वागमती गाउँपालिका-३ देउजोरस्थित सुर्यकिरण सामुदायिक वनको रुख काट्ने क्रममा रुखले च्यापिएर ती पुरुषको ज्यान गएको हो।

ईलामको ईलाम नगरपालिका-९ घर भएका ४६ वर्षिय दिलकुमार लिम्बुको ठेक्कामा वन काट्ने क्रममा हिजो साँझ ५ बजे च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे स्थानियले प्रहरीलाई खबर गरेपछी हिजै राती साँढे ९ बजे प्रहरी टोलि पुगि घटनास्थल सुरक्षीत राखिएको छ।

थप अनुसन्धान तथा मुचुल्काको लागी जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरिक्षक बिश्वम्भरनाथ साहको कमाण्डमा आज विहानै प्रहरी टोलि घटनास्थल तर्फ गएको प्रहरी प्रवक्ता डिएसपि श्यामु अर्यालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय