बैशाख१६,हेटौंडा।मकवानपुर प्रहरीले काठमाडौंबाट चोरी भएको मोटरसाइकल ४ महिना पछि फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ।
गत पुस २१ गते काठमाडौ महानगरपालिका-१४ का सुबिन सापकोटाको आफ्नै घर अगाडी पार्किङ बाट हराएको २२० सिसिको पल्सर मोटरसाइकल प्रहरीले फेला पारी बुझाएको हो।

प्रहरीका अनुसार सापकोटाको नाममा दर्ता कायम रहेको ईन्जिन नम्बर DKYCLL67008 र च्यासिस नम्बर MD2A13EY8LCL80820 भएको बा.प्र.०२-०१६ प १६९२ नम्बरको मोटरसाईकल यहि बैशाख ९ गते राक्सिराङ गाउँपालिकास्थित चैनपुर एरियामा फेला परेको हो।
सापकोटालाई आज जिल्ला प्रहरी कार्यालयमा बोलाई सनाखत पछि एकिन गराएर उक्त मोटरसाइकल बुझाईएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।




