बैशाख१७,निजगढ।बारा प्रहरीले ठूलो मात्रामा लागूऔषध ट्रामाडोल बोकेको भारतीय नम्बर प्लेटको कारसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

भारतको मोतिहारी जिल्ला,ग्राम अरेराज मलाही-११बस्ने कार चालक वर्ष २३ का नितिशकुमार ठाकुर र कारमा सवार पर्साको वीरगंज महानगरपालिका-१६ बस्ने बर्ष २६ का सिद्वान्तप्रसाद पटेललाई २९ हजार ६ सय ५० ओटा प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाईड्रोक्लोराईड क्यापसुलसहित नियन्त्रणमा लिईएको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए।

उनिहरुलाई सोमवार दिउँसो साँढे ३ बजे जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडीको चेकप्वाईन्टबाट नियन्त्रणमा लिईएको डिएसपी पण्डितले बताए।

उनका अनुसार उनीहरुले उक्त लागूऔषध वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको BR05BA4817 नम्बरको भारतीय कारको पछाडीको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई लगिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय