बैशाख१७,हेटौंडा।आफ्नो आँगनपट्टि कुखुरा आएको विषयमा विवाद हुँदा छोराले भरुवा बन्दुक हानि आफ्नै बुवालाई घाईते बनाएका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोर भन्ने ठाउँका ५९ वर्षिय कान्छाराम थिङलाई उनकै छोरा ३५ वर्षिय ईमानसिं थिङले भरुवा बन्दुकले हानी घाईते बनाएका हुन्।

प्रहरीका अनुसार आज विहान ८ बजेको समयमा कुखुरा आफ्नो आँगनतर्फ आएको विषयमा विवाद हुँदा छोरा ईमानसिंले आफ्नै बुवा कान्छारामलाई भरुवा बन्दुक हानी घाईते बनाएका हुन्।

बाबुछोरा छुट्टिएर बसेपनी आँगन एउटै रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ईमानसिंलाई लाईसेन्स नभएको एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको पनि जनाएको छ।

प्रहरीका अनुसार बुवा कान्छारामको बाँया तिघ्रा र दाहिने हातमा छर्राले चोट लागेको भएपनी अवस्था सामान्य रहेको छ।

घाईते कान्छारामलाई उपचारका लागि हेटौडातर्फ ल्याईएको र थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सन्तबहादुर श्रेष्ठको कमाण्डमा टोली खटीएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय