बैशाख१७,हेटौंडा।नेपाल पत्रकार महासंघ,वागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुरसिंह लामालाई बुधबार माग पत्र बुझाएको हो।

‘अघिल्लो वर्षहरुको बजेटमा प्रदेश सरकारको कूल बजेटको शुन्य दशमलव २० प्रतिशत भन्दा न्यून बजेट मात्र सञ्चार क्षेत्रमा विनियोजन हुनु दुःखद् कुरा हो।,त्यसैले आगामी आर्थिक वर्षको बजेट सञ्चारमैत्री बनाईदिनु हुन माग गर्दछौं ।’महासंघले बुझाएको मागपत्रमा उल्लेख छ।

प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध कार्यक्रम, स्वास्थ्य विमा कार्यक्रम,कल्याण कोष संचालन, पत्रकार महासंघ वागमतीको भवन निर्माण, प्रदेशस्तरीय पत्रकार संघसंगठनहरुलाई अनुदान सहयोग, पत्रकारिता तालिमहरु लगायतका ३२ कार्यक्रमहरु माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा मागपत्र बुझाउन गएको टोलीमा उपाध्यक्ष हरी हुँमागाई, निवर्तमान उपाध्यक्ष रुपेश दुलाल, प्रेस यूनियन वागमतीका उपाध्यक्ष सुजन विडारी, प्रेस चौतारी वागमती प्रदेशका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर वागमती प्रदेशकी सचिव भावना रिजाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोकसुजन श्रेष्ठ लगायत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय