बैशाख१९,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना चोकमा संचालित ‘ब्रदर्श म्युजिक एकेडेमी एण्ड म्युजिक शप’ ले विगत एक वर्षदेखि संगीत क्षेत्रमा रुचि राख्ने विभिन्न उमेर समूहका व्यक्तिहरूलाई व्यावसायिक संगीत प्रशिक्षण दिँदै आएको छ।

एकेडेमीका प्रोप्राइटर राजु सेन्चुरीका अनुसार एकेडेमीले स्थापना कालदेखि अहिलेसम्म २०० भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिसकेको छ।

गिटार, इलेक्ट्रिक गिटार, ड्रम सेट, मादल, हार्मोनियम, बेस गिटार र लिखित म्युजिक नोटेशन लगायतका विषयमा नियमित कक्षा सञ्चालन भइरहेको छ।

“संगीतमा रुचि भएका व्यक्तिहरूलाई प्राविधिक रूपमा दक्ष बनाउने हाम्रो मुख्य उद्देश्य हो,” सेन्चुरीले बताए, “हामीले सैद्धान्तिक र व्यवहारिक दुवै पक्षलाई ध्यानमा राखी प्रशिक्षण सञ्चालन गरिरहेका छौँ।”

एकेडेमीले बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। आधुनिक उपकरण र अनुभवी प्रशिक्षकको माध्यमबाट गुणस्तरीय शिक्षा दिने उद्देश्यसहित एकेडेमीले सेवा विस्तार गरिरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय