बैशाख२०,निजगढ।बाराको निजगढमा विकल स्मृती जुनियर कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ।

यहि बैशाख २२देखि ३० गतेसम्म निजगढ-९ स्थित शहीद हिरालाल रंगशालामा प्रतियोगिता संचालन हुन लागेको शनिवार निजगढ नगरपालिका भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो।

निजगढ नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको समन्वयमा हुने प्रतियोगितामा नगरका १३ ओटै वडाका टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन्।

कुल ५ लाख रुपैयाँको लागतमा संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजारसहित ट्रफी र प्रमाणपत्र,दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा बिधागत तर्फ उत्कृष्ट खेलाडी तथा प्रत्येक दिन ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

मकवानपुरको सिस्नेरीस्थित वत्सलादेवी माविमा संचालित एन्फा ट्रेनिङ सेन्टरमा प्रशिक्षणरत निजगढ-८ का विकल रेग्मीको गत असोज १२ गते पहिरोले पुरिएर निधन भएको थियो।

रेग्मीको निधनपछी आयोजित शवयात्राका क्रममा निजगढ नगर प्रमुख सुरथ पुरीले उनको सम्झनामा नगरले वर्षेनी जुनियर कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका थिए।

उनै रेग्मीको सम्झनामा नगर खेलकुद विकास समितिले प्रतियोगिता संचालन गर्न लागेको हो। उक्त पहिरोमा परि रेग्मीसहित अन्य ६ किशोर खेलाडीको निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय