बैशाख२१,हेटौंडा। मकवानपुरमा कुरिलो टिप्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका-५ का ५२ वर्षिय कप्तान रुम्बाको आईतवार मध्यान्ह साँढे १२ बजे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
रुम्बाको सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खसेर मृत्यु भएको सोही वडाका अध्यक्ष जितेश दाहालले २ बजेर ५० मिनेट जाँदा प्रहरीलाई खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको टोलीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरि शव हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ।



