बैशाख२५,निजगढ।बाराको निजगढ नगरपालिका वडा नम्बर-६ ले वडा भित्रका विपन्न तथा अल्पसंख्यक विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

वडा कार्यालयले बुधवार उनिहरुलाई प्रोत्साहन स्वरुप विद्यालय पोशाक, कापी,पेन्सिल लगायत पठनपाठनका लागी आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको हो ।

वुधवार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका दनुवार जातीका ६ जना अल्पसंख्यक विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको वडाअध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिए।

अन्य छुटेका विपन्न तथा अल्पसंख्यक विद्यार्थीहरुलाई पनि सामग्री वितरण गर्ने योजना रहेको वडाअध्यक्ष तिमल्सिनाले बताए।

वितरण कार्यक्रममा वडाअध्यक्ष तिमल्सिनासहित वडा सदस्यहरु मिना सुनार, आशा श्रेष्ठ र वडा सचिव सुजित कर्ण लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय