बैशाख२५,हेटौंडा। मकवानपुर प्रहरीले रातोमाटेबाट नक्कली नोटसहित एक जना पक्राउ गरेको छ।

धादिङको गंगाजमुना गाउँपालिका-२ घर भई हेटौंडा-८ कमाने बस्ने ४२ वर्षिय रामकृष्ण अधिकारी नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित पक्राउ परेका हुन्।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलिले महोत्तरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

पक्राउ परेका अधिकारीलाई जिल्ला अदालत हेटौंडाबाट म्याद थप गर्ने प्रक्रिया भैरहेको डिएसपी अर्यालले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय