बैशाख२६,काभ्रे।उच्च अदालतको आदेश विपरीत अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापालाई साधारण सभा प्रवेशमा रोक लगाएको छ ।

फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक एन्फाको साधारणसभामा भाग लिन काभ्रेको धुलिखेल पुगेका उनलाई प्रवेश पास नभएको भन्दै गेटमा रोकिएको थियो।

प्रतिबन्ध फुकुवा भएपनि एन्फाले साधारण सभामा रोक लगाउने संकेत देखेपछी थापाले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए ।

सो रिटउपर न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापालाई साधारण सभाबाट बञ्चित नगर्न थापाकै पक्षमा फैसला गरेको थियो ।
धुलिखेलमा सुरू एन्फाको साधारणसभामा सहभागी हुन उनी शुक्रबार बिहानै कार्यक्रमस्थल पुगेका थिए। उनी पुग्दा अधिकांश एन्फाका पदाधिकारी कार्यक्रमस्थल पुगिसकेका थिए भने गेटमा पुगेर भित्र प्रवेश गर्न खोजेका थापासँग पास खोजिएको थियो।

पास नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको भन्दै रोकिएपछि उनी आक्रोशित बनेका थिए । उनले महासचिवलाई ज्ञापनपत्र बुझाएर धर्नामा बसेको उनका छोरा अभिषेक थापाले बताए ।

आफ्ना समर्थकसहित साधारणसभामा भाग लिन पुगेका उनले बाहिर नाराबाजी गर्दै धर्ना बसेपछि भित्र भने साधारणसभा सुरु भएको छ ।

थापा फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएसँगै एन्फाको साधारणसभामा सहभागी हुन पुगेका थिए । फिफाले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय