जेठ५,हेटौंडा।गत बैशाख ३१ गते घरबाट हिँडेका मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लिपुरका विष्णुप्रसाद सापकोटा मृत फेला परेका छन्।

३१ गते विहान ११ बजे घरमा कसैलाई केही जानकारी नदिई निस्केका ३५ वर्षिय सापकोटा आज मनहरी गाउँपालिका-५ कोइराला डाँडास्थित थली जंगलमा मृत फेला परेका हुन्।

उनी आफ्नो घरदेखी डेढ किलोमिटर पश्चिम दक्षिण तर्फ रहेको जंगलमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

प्रहरी टोलि घटनास्थल पुगि मुचुल्का तथा अनुसन्धान लगायतको काम भैरहेको डिएसपी अर्यालले बताए।

सापकोटा यसअघि पनि घरबाट बिना जानकारी हराईरहने गरेको जानकारी प्राप्त भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय