जेठ६,हेटौंडा। मकवानपुरको चितलाङबाट सर्लाहीको लालबन्दीतर्फ आउँदै गरेको विङ्गर गाडी दूर्घटना हुँदा चालकसहित १४ जना घाईते भएका छन्।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम र ३ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।

दूर्घटनामा एकै गाउँका ८ जना महिला र ६ जना पुरुष घाईते भएका छ्न्।

गम्भीर घाईते हुनेमा लालबन्दी नगरपालिका-१६ का अन्दाजी बर्ष ५१ का राजाराम बस्नेत र अन्दाजी ३० वर्षिया शान्ता बिश्वकर्मा तथा लालबन्दी-१नवलपुरका अन्दाजी बर्ष ५६ का कमल थापा छ्न्।

टाउको,छात्ती,घाँटी र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर बनेका उनिहरुलाई उपचारार्थ मकवानपुर सहकारी अस्पताल ल्याईएको छ।

मध्यम घाईतेहरुमा लालबन्दी-१५ परवानीपुर बस्ने बर्ष २८ की अम्बरी लो लामा,लालबन्दी-१६ भोलोना बस्ने वर्ष ३६का रितिक राई र सोही ठाउँका बर्ष ४५ का पदमबहादुर श्रेष्ठ छ्न्। उनिहरुको पनि सहकारी अस्पतालमै उपचार भैरहेको छ।

गाडी चालकसहित घाईते ८ जनालाई उपचारार्थ हेटौंडा अस्पताल ल्याईएको छ।

गाडी चालक लालबन्दी-४ का बर्ष ४० का सरोजकुमार चौधरी,लालबन्दी-१५ बस्ने बर्ष २७ कि निर्मला बिश्वकर्मा, वर्ष २२ की सिमा घलान, बर्ष २२ कै निलिमा खड्का,लालबन्दी-५ बस्ने बर्ष ५०का समिर सुवेदी,लालबन्दी-१६ बस्ने बर्ष २७ की कल्पना बिश्वकर्मा, बर्ष २५ की सुस्मा विश्वकर्मा र बर्ष ३२ की पवित्रा घिसिङको पनि हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

मंगलवार (आज) दिउँसो १ बजे भीमफेदी गाउँपालिका-९ स्थित त्रिभुवन राजपथ सडकखण्डको छैसठ्टी मोड भन्ने स्थानमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडक देखी करिब २० मिटर तल खसी सल्लाको रूखमा अड्किएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भैंसे र सिमभन्ज्याञ्ङबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्वार गरेका थिए।

उद्वारकार्यमा ईलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय,मकवानपुर र ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरिक्षकको कमान्डमा २५ जनाको प्रहरी टोलि परिचालन भएको जनाएको छ।

गाडीको बेक्र फेलभई दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय