जेठ८,हेटौंडा।हेटौंडामा मासु पकाउन भुटुन हाल्ने क्रममा खाने तेलको सट्टा झुक्किएर डिजेल परेर आगलागी हुँदा २ जना घाईते भएका छन्।

घाईते हुनेमा पर्साको वीरगंज महानगरपालिका-३० घर भई हेटौंडा-८ कमानेमा डेरा गरि बस्ने १३ वर्षिया किशोरी असिया खातुन र भारत बिहार राज्यको मोतिहारी जिल्ला आदापुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षिया अफ्रिदा खातुन छ्न्।

बुधवार साँझ पौने ८ बजे तिर आसियाले मासु पकाउन कराईमा खाने तेलको सट्टा झुकिएर डिजेल हाल्दा आगो उत्पन्न भएको प्रहरीले जनाएको छ।

उक्त आगोमा परी असियाको अनुहार, हात, पिठ्युँ र खुट्टा तथा अफ्रिदाको बाँया कान, गाला र बाँया हात जलेको छ।

घटनापछी ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक बिमलाकुमारी कठायतको कमाण्डमा तत्काल प्रहरी टोलि खटिई दुबै जनालाई उपचारार्थ हेटौंडा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। आसियाको मध्यम र अफ्रीदाको सामान्य अवस्थामा उपचार भईरहेको छ।

साथै उक्त आगलागीबाट काठको ढोका, धान, चामल र कपडा गरी अन्दाजी बीस हजार रुपैयाँ बराबरको धनमाल पनि जलेर नष्ट भएको डिएसपी अर्यालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय