असार७,हेटौंडा। बाराको निजगढ नगरपालिका-१२ स्थित रामथलीमा लागूऔषध दूर्व्यसनविरुद्व सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

वडा कार्यालयको आयोजना तथा सामाजिक संस्था च्याप्टर नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछाने र रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा स्थानिय क्लबका सदस्यहरु तथा अभिभावकहरुको व्यापक सहभागिता रहेको च्याप्टर नेपाल,निजगढका महासचिव सुदिप तिमल्सिनाले जानकारी दिए।

कार्यक्रममा वडाध्यक्ष ज्ञानबहादुर गोले,सदस्यहरु चन्द्रमान तमाङ्ग र शम्फु थोकर,महिला वडासदस्य सुकुमाया जिम्बा, दलित महिला सदस्य बुद्धिमाया बिक, वडासचिव अरुणकुमार बस्नेत,पूर्व वडासदस्य टेकबहादुर स्याङ्तान र स्थानिय समाजसेवी युवक मोक्तान लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको तिमल्सिनाले बताए।

कार्यक्रमको सहजीकरण च्याप्टर नेपालका सदस्य योगेश न्येपानेले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय