असार१२,सिंगौल।बाराको निजगढ नगरपालिका वडा नं २ ले चौबाटोदेखि वडा कार्यालयसम्मको सडकको दायाँबायाँ वृक्षारोपण गरेको छ।
विहिवार (आज)विहान वडाअध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा वडा सदस्यहरू, वन रेन्जर, अस्थायी प्रहरी पोष्ट सिंगौलका प्रमुख, लोकप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक, वडा कार्यालयका कर्मचारी तथा स्थानीय वासिन्दाको सक्रिय सहभागितामा ज्याकरण्डा र गुलमोहर प्रजातीका २ सय ओटा फुलका बिरुवा रोपेको वडासचिव सोमसिं लामाले जानकारी दिए।
वृक्षारोपण कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ बिनियोजित बजेटबाट रौतहटस्थित खुस्बु नर्सरीबाट फुलका बिरुवा र बिरुवा संरक्षणका लागि बेरि खरिद गरिएको लामाले बताए।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उदेश्यले गरिएको वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै नगर क्षेत्रलाई हरित एवं सुन्दर बनाउने वडाध्यक्ष श्रेष्ठले बताए।



