असार१७,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीमा करेन्ट लाग्दा १ वर्षिया नाबालिकासहित एकै परिवारका ३ जना घाईते भएका छन्।

करेन्ट लागि ४६ वर्षिय सन्चयकुमार पुडासैनि,उनकी श्रीमती ४४ वर्षिया लक्ष्मी पुडासैनि र उनिहरुका नातिनी वर्ष १ की श्रीयाना पुडासैनी घाईते भएका हुन्।

करेन्ट लागेर गम्भीर घाईते भएका सन्चयकुमारको दुबै गोडा जलेर बोल्न नसक्ने अवस्थामा छन्।यस्तै लक्ष्मी र श्रीयानाको दुबै गोडा र हात जलेको भएपनी मध्यम अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज मंगलवार पौने ६ बजे नागस्वतीस्थित शान्तिटोलमा बिद्युतको कर्मचारिले बिजुलीको पोलमा चढेर काम गर्दे गर्दा अचानक तार भुँईमा खसेर बाटोमा हिंडिरहेका पुडासैनी परिवारलाई करेन्ट लागेको थियो।

करेन्ट लागि घाईते भएका उनिहरुलाई उपचारार्थ हेटौंडा अस्पताल ल्याईएकोमा थप उपचारका लागी चितवनस्थित नयाँ मेडकिल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय