असार१८,हेटौंडा।बारामा एकजना व्यक्तिले दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
जिल्लाको कलैया उपमहानगरपालिका-१० मटिअर्वाका ३५ वर्षिय बच्चा मियाँले आफ्नी श्रीमती २३ वर्षिया सहिना खातुनलाई मासु काट्ने दाउले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका बारा प्रहरी प्रवक्ता डिएसपी विजयराज पाण्डितले जानकारी दिए। सहिनाको दाउ प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो।
प्रवक्ता पण्डितका अनुसार घरायसी विवादका क्रममा मियाँले आज दिउँसो श्रीमतीलाई दाउ प्रहार गरेका थिए।
मियाँलाई दाउसहित नियन्त्रणमा लिई प्रहरी प्रहरी चौकी मटिअर्वामा राखिएको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा मुचुल्का सहितको टोली खटिई थप अनुसन्धान गरिरहेको पण्डितले बताए।



