असार२१,हेटौंडा।वीरगंजबाट घुमघाम र वनभोज खान मकवानपुरको भीमफेदी आएका एकजनाको खोलाले बगाउँदा मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको वीरगंज महनगरपालिका-५ का अन्दाजी ४८ वर्षिय पुरुषोत्तम शर्मा छन्।

शनिवार विद्युतिय गाडी रिजर्भ गरि भीमफेदी गाउँपालिका-१ स्थित टौवास आएका शर्मा वनभोज खाई रमाईलो गरि ४/५ जना साथीहरूसँग टौवास खोलामा नुहाएन गएका थिए।

दिउँसो सवा तीन बजे खोलामा नुहाई खोला तर्ने क्रममा अचानक पानीको बहाव बढेर शर्मालाई ४ सय मिटर तलसम्म बगाएर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

घटना बारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसेबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखीएको र अनुसन्धान तथा मुचुल्का कार्यका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा टोली खटिगएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय