असार २४,हेटौंडा।हेटौंडामा ट्रीपरमा आगलागी भएको छ।

मंगलवार विहान पौने ७ बजेको समयमा हेटौंडा-१८ फुर्केचौरस्थित सडकमा रोकि चालक र सहचालक चिया खान ओर्लिनासाथ ट्रीपरमा आगलागी भएको प्रहरीले जनाएको छ।

बा.प्र.०३-००१ क ०१९६ नम्वरको खाली ट्रीपरमा अचानक आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठुलोदमारबाट प्रहरी नायव निरीक्षक रिमा कोईरालाको कमाण्डमा खटिएको प्रहरी टोली र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा ७ बजेर ५ मिनेटको समयमा आगो पुर्णरुपमा नियन्त्रणमा लिईएको छ।

आगलागीबाट गाडीको अगाडीको भाग पुर्णरुपमा क्षति भएको छ। ट्रीपरमा वायरिङ सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय