असार२८,हेटौंडा।मकवानपुर प्रहरीले जुवा खालबाट ८ लाख भन्दा बढि रकमसहित २२ जनालाई नियन्त्रणमा लिएको छ।
शनिवार विहान १ बजेको समयमा बकैया गाउँपालिका-५ राजदमारस्थित स्थानिय मिलन थिङको घरमा जुवा खेलिरहेका २२ जनालाई ३ सेट कौडा र आठ लाख छत्तीस हजार चालीस रुपैयाँ नगदसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
थिङको घरमा जुवा खेलाईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तिसुँढे र अस्थायी प्रहरी पोष्ट गरगरेसमेतबाट २१ जनाको प्रहरी टोली खटीई उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अर्यालले बताए।
जुवाखालबाट प्रहरीले नियन्त्रणमा लिएकाहरु:
१, जि. मकवानपुर बकैया गा.पा. ५ राजदमार बस्ने अं. बर्ष ४६ को मिलन थिङ (घर धनी)
२,ऐ.ऐ. हेटौडा उ.म.न.पा. १८ बस्ने अं. बर्ष ४५ को कमल थापा
३, जि सिन्धुली दुधौली न.पा.२ बस्ने अं. बर्ष ३७ को कैलाश धामी ।
४, जि. मकवानपुर हेटौडा उ.म.न.पा. ८ कमाने बस्ने अं. बर्ष ५३ को फडिन्द्र प्रसाद घिमिरे ।
५, जि. मकवानपुर हेटौडा उ.म.न.पा. १६ हटिया बस्ने अं. बर्ष ४६ रमेश महत ।
६, जि. मकवानपुर बागमती गा.पा. ६ पाथीभारा बस्ने बर्ष ४५ को शेर ब. राना ।
७, ऐ.ऐ. बस्ने अं. बर्ष ३३ को दिपक दोङ ।
८, ऐ.ऐ. ५ झुरझुरे बस्ने बर्ष ४६ को रबि चौधरी ।
९, जि.रौतहट गौर न.पा. ९ बस्ने अं. बर्ष ५५ ईश्वर चौधरी ।
१० जि. मकवानपुर बकैया गा.पा. ७ बस्ने अं. बर्ष ३८ को रोहन लुङबा ।
११, ऐ.ऐ. हेटौडा उ.म.न.पा. ४ हुप्रा बस्ने अं. बर्ष ५२ को कृष्ण लामा ।
१२, ऐ.ऐ. बागमती गा.पा. ७ बस्ने अं. बर्ष २२ को बिजय तामाङ ।
१३, जि. रौतहट बोधिमाई न.पा. ८ बस्ने अं. बर्ष३५ को बिजय साह कलवार ।
१४, जि. मकवानपुर बकैया गा.पा. ४ जुरेली बस्ने अं. बर्ष ५५ को गेहेन्द्र ब. थिङ ।
१५, ऐ.ऐ. बागमती गा.पा. ७ बस्ने अं. बर्ष ४० को राज कुमार फुयाल ।।
१६, ऐ.ऐ. ५ बस्ने अं. बर्ष ३० को अणराज राउत ।
१७, जि. सिन्धुली मरिन गा.पा. ३ बस्ने अं. बर्ष ४९ को बेनी ब. मुक्तान ।
१८, ऐ.ऐ. बस्ने ६ बस्ने अं. बर्ष ४३ को उमेश माझी ।
१९, ऐ.ऐ. कमलामाइ न.पा. १० बस्ने अं. बर्ष ५५ को शेर ब. थापा
२०,जि. मकवानपुर हेटौडा उ.म.न.पा. ९ लामसुरे बस्ने अं. बर्ष ३७ को दिनेश लामा ।
२१, ऐ.ऐ. हेटौडा उ.म.न.पा. ८ कमाने बस्ने अं. बर्ष ३६ को चित ब. पाख्रिन ।
२२, ऐ.ऐ. हेटौडा उ.म.न.पा. १८ ठुलो दमार बस्ने अं. बर्ष ३५ को अशोक श्रेष्ठ ।



