असार२८,हेटौंडा।मकवानपुरको मनहरीमा मोटरसाइकल दूर्घटनामा परि गम्भीर घाईते भएका एक युवाको मृत्यु भएको छ।
मनहरी-७ बिजौनाका २४ वर्षिय विशाल प्रजाको चितवनस्थित,पुरानो मेडिकलमा उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो। दूर्घटनामा अन्य ३ जना घाईते भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विहिवार विहान ९ बजेर २० मिनेटको समयमा मनहरी-८ पुलचोक बेलुवास्थित पूर्वपश्चिम सडक खण्डमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३७ प ७६९० नम्वरको मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश३-०३-००१प४४३४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा दुबै मोटरसाइकलमा सवार ४ जना घाईते भएका थिए।
घाईतेहरु सबैलाई उपचारार्थ मनहरी अस्पताल पठाईएकोमा प्रजाको भने टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारका लागी चितवनतर्फ पठाईएको थियो।
ना ३७ प ७६९० नम्वरका मोटरसाइकल चालक राक्सिराँङ गाउँपालिका- ३ केराबारीका १८वर्षिय दीपक दोङ,सोही मोटरसाइकलमा पछाडी सवार वडा नम्वर १ ढुंगेन बस्ने २४ वर्षिय पिटर तामाङ र प्रदेश ३-०३-००१ प ४४३४ नम्वरको मोटरसाईकल चालक मनहरी गाउँपालिका-६ बिजौनाका २४ वर्षिय निरज रानाको अवस्था सामान्य रहेको र राना ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ। प्रजा रानाले चलाएको मोटरसाइकलको पछाडी सवार थिए।



