असार२८,हेटौंडा।मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ स्थित सिमलाङ खोलामा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन्।
बाराको कलैया उपमहानगरपालिका-१ घर भई हाल काठमाण्डौं माईतिघर बस्ने सुरेशचन्द्र गुप्ताका अन्दाजी १८ वर्षिय छोरा कर्ण भन्ने प्रणय गुप्ता खोलामा डुबेर बेपत्ता भएका हुन्।
उनि शनिवार साथीहरुसँग मकवानपुरस्थित मार्खु घुम्न आएका बेला अपरान्ह साँढे ४ बजे तिर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भनि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए।
अस्थायी प्रहरी पोष्ट मार्खु,ईलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट प्रहरी टोली खटीई खोजतलास गरेपनि हालसम्म उनको अवस्था बारे थाहा नभएको प्रहरीले जनाएको छ।



