साउन५,हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोईन कारोबारमा संलग्न दुई किशोरीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले विशेष सूचनाका आधारमा यहि साउन २ र ३ गते हेटौंडा उपमहानगरका विभिन्न स्थानमा खोजतलास तथा चेकजाँचका क्रमम ६ ग्राम ४०० मिलिग्राम खैरोहेरोईनसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले हेटौंडा-१ बस्ने वर्ष २० का सतिस लामा,वडा नम्वर-५ सानोपोखरा बस्ने वर्ष २० कै सन्जिव लामा,भीमफेदी गाउँपालिका-२ कालिकाटार बस्ने वर्ष १९ की सन्ध्या पाख्रिन र मकवानपुरगढी गाउँपालिका-२ बाँसपानी बस्ने वर्ष १९ कै सन्ध्या घलानको साथबाट २ ग्राम २१० मिलिग्राम हिरोईन फेला पारेको जनाएको छ।
यस्तै,हेटौंडा-१५ रातोमाटे चेकिङ पोईन्टबाट ना ३७ प ६४४९ नम्वरको मोटर्साईकल चालक पर्साको पोखरीया नगरपालिका-२ वनकटवा बस्ने वर्ष २७ का अकलेश महत्तो कुशवाहलाई २ ग्राम ९१० मिलिग्राम खैरो हिरोईनसहित नियन्त्रणमा लिईएको छ।
त्यसैगरी,सप्तरीको शम्भुनाथ नगरपालिका-६ घर भई हाल हेटौंडा -९ लामसुरे बस्ने वर्ष ३६ का शैलेन्द्र चौधरी र सप्तरीकै राजगढ गाउँपालिका-२ बनैनिया घर भई हेटौंडा-१० बस्ने वर्ष ३६ का अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम गरी जम्मा ६ ग्राम ४०० मिलिग्राम हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय,मकवानपुरले जनाएको छ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।



