साउन७,हेटौंडा।हेटौंडा-१६ हटियामा अवस्थित शिवम सिमेन्ट उद्योगको सामान चोरी गर्ने ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको बसबढिया गाउँपालिका-३ का २५ वर्षिय सुनिलकुमार यादव,रौतहटको गरुडा नगरपालिका-५ का वर्ष २५ कै पवन यादव र सोही ठाउँका २१ वर्षिय रितेशकुमार यादव छन्।
उनिहरुले गत साउन ३ गते सिमेन्ट उद्योग परिसरभित्र प्रवेश गरि मेकानिकल वर्कशपभित्रबाट पित्तलले बनेको क्रसरको सापटको बुस लगायतका सामाग्रीहरु चोरी गरेका प्रहरीले जनाएको छ।

उद्योगभित्रबाट चोरी भएको क्रसरको सापट बुस।
उद्योगबाट प्राप्त उजुरीको आधारमा खोजतलास गर्ने क्रममा साउन ५ र ६ गते हेटौंडा-१५ स्थित सडकबाट उनिहरुलाई चोरीको सामानसहित नियन्त्रणमा लिई जिल्ला अदालत,हेटौंडाबाट चोरी सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



