साउन७,निजगढ।बारा प्रहरीले ठूलो मात्राको लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका-१ धुर्वा टोल बस्ने २० वर्षिय राजेश गुप्‍ता र बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ खडका टोल बस्ने २४ वर्षिय नासिर अंसारी छन्।

सोमवार दिउँसो २ बजेको समयमा प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोमप्रसाद रिमालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नुर्फिन,फेनारगन र डाईजेपाम १६/१६ सय थान गरि ४८ सय एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।

लागूऔषध बोक्न प्रयोग गरिएको मोटरसाइकल।

प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका-९ पिठवामा भारतबाट नेपालतर्फ ज ८ प ५४२१ नम्बरको मोटरसाईकलमा आईरहेका उनिहरुमाथी शंका लागि चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार अन्सारीले स्याउको २ वटा कार्टुनभित्र माथीबाट आँप र मुनि उक्त लागूऔषध लुकाईछिपाई ल्याएका थिए।

उनिहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय