साउन८,हेटौंडा।मकवानपुरकाे मनहरी गाउँपालिकाले किसानकाे बाली बीमा गर्न सुरुवात गरेकाे छ ।

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतकाे उपस्थितिमा बुधवार महनरी-७ का सेतेलाल जिम्बाकाे १९ कठ्ठा खेतमा लगाइएकाे धानबालीकाे बीमा गरी कार्यक्रम सुरु गरिएकाे हाे।

अहिले धानबालीकाे सिजन भएकाले धानबालीकाे बीमा सुरु गरिएकाे र सिजनअनुसारका सबै अन्नबाली र तरकारी बालीसमेतकाे बीमा गरिने अध्यक्ष कालाखेतीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती।

अन्नबालीमा किरा तथा अन्य राेगकाे प्रकाेपलगायतका कारण अन्न उत्पादन नहुने हुँदा किसान मर्कामा परिरहेकाले किसानलाई हुने हानी नाेक्सानीकाे क्षतिपूर्ति भराउने उद्धेश्यले गाउँपालिकाले यस वर्षबाट बाली बीमा कार्यक्रम सुरु गरेको कालाखेतीले बताए।

बीमाका लागि गाउँपालिकाले शिखर ईन्स्यारेन्ससँग सम्झाैता गरेको छ। धानबाली बीमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले एक हप्ताअघि नै सूचना जारी गरेकाे थियाे।

सबै वडा कार्यालयहरुमार्फत बाली बीमा गरिने गाउँपालिकाले जनाएकाे छ।

बाली बीमा गर्दा कुल बीमाङ्क रकमकाे ८० प्रतिशत रकम गाउँपालिकामार्फत संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम भने किसान आफैँले बेहाेर्नुपर्नेछ।
बाली बीमाकाे २० प्रतिशत बीमाङ्क रकमसमेत तिर्न नसक्ने विपन्न किसानकाे बीमाङ्क भुक्तानी भने गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याईएकाे अध्यक्ष कालाखेतीले बताए ।

बाली बीमा सुरु भएसँगै अब अन्नबालीमा राेग र किराकाे प्रकाेपका साथै वन्यजन्तुबाट हुने क्षतिबापत किसानले क्षतिपूर्ति पाउने भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय