साउन९,हेटौंडा।आँफै कार्यरत उद्योगबाट सामान चोर्ने एकजना कर्मचारी एक महिनापछी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ घर भई हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित रबर प्रालि उद्योगमा प्लान्ट ईन्चार्ज तथा स्टोर किपरको रुपमा कार्यरत ४९ वर्षिय पुष्पारंजन दत्त छन्।
दत्तले गत जेठ २७ गते उद्योगबाट बाल्टिन तथा ग्यालिन उत्पादन गर्ने मेसिनमा प्रयोग हुने मेसिनरी औजार र सेन्सर चोरी गरेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अन्दाजी २२ लाख मुल्य बराबरको उक्त सामानहरु दत्तले चोरी गरेको सिसिटिभि फुटेजबाट देखिएको थियो।
घटनापछी फरार रहेका दत्तलाई अस्ति वुधवार चितवनको भरतपुर महानगरपालिका-४ स्थित लंकु भन्ने ठाउँबाट नियन्त्रणमा लिई चोरी तथा डांका सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।



