साउन१८,हेटौंडा।मकवानपुर प्रहरीले हेटौंडा-२ लोकप्रिय चोकस्थित गणेश मन्दिर अगाडीबाट लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको मनहरी गाउँपालिका-१ घर भई हाल गणेश मन्दिर नजिकै डेरा गरि बस्ने १९ वर्षिय सुजत थिङ र २० वर्षिय सुरेश थिङ छन्।

१६ गते शुक्रवार बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले गणेश मन्दिर अगाडीबाट १५७ क्याप्सुल लागूऔषध ट्रामाडोलसहित उनिहरुलाई पक्राउ गरेको हो।

थिङ द्वयलाई उक्त लागूऔषधसहित पक्राउ गरी जिल्ला अदालत,हेटौंडाबाट लागूऔषध मुद्दामा म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय