साउन२३,हेटौंडा।हेटौंडाका फेन्सी संचालकलाई कुटपिट गर्ने एकजना झण्डै २ महिनापछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीका ३८ वर्षिय हरी भनिने बुद्ध मोक्तान छन्। उनको नागरिकतामा भने वेदराज नाम लेखिएको प्रहरीले जनाएको छ।

मोक्तानलाई विहिवार राती पौने १२ बजेको समयमा उनकै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

मोक्तानलगायत केही व्यक्तिहरुले गत जेठ २९ गते हेटौंडा-१० राप्ती रोडस्थित दास ईम्पोरियम कपडा पसलका संचालक ६१ वर्षिय राजाबाबु दास कथवनीयालाई दिउँसो१ बजेको समयमा पसलमै फलामे रड, रोटि बेल्ने बेलना र नक समेतले प्रहार गरी घाईते बनाएका थिए।

घटनापछी फरार रहदैँ आएका मोक्तानविरुद्ध ज्यान मार्ने कसुर मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय