साउन२७,हेटौंडा।मकवानपुरकी ९ वर्षिया एक बालिकालाई जबरजस्ती करणी गरि फरार रहेका वीरगंजका एकजना पुरुष १ वर्षपछी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१३ राधेमाई टोल बस्ने बर्ष ३६का आस मोहम्मद अंसारी छन्।
अंसारी गत सालको बैशाख ८ गते नाबालिका करणी गरि फरार रहेका थिए।
उनलाई खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा सोमवार उनकै घर नजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरीएको मकवानपुर प्रहरीले जनाएको छ।



