असोज१२,हेटौंडा।बाराको निजगढस्थित आफ्नी छोरीको घरबाट आफ्नो घर मकवानपुरको बकैया हिँडेकी एक वृद्वाको लडेर मृत्यु भएको छ।
शनिवार अपरान्ह ४ बजे निजगढ नगरपालिका-१२ रामथलीस्थित छोरीको घरबाट आफ्नो घर मकवानपुरको बकैया गाउँपालिका-६ स्थित सिरवान जान्छु भनी हिँडेकी ७० वर्षिया वृद्वा कान्छीमाया थिङको जंगलको गोरेटो बाटोबाट अन्दाजी ३५ फिट जति तल खसी मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

वृद्वा थिङ शनिवार आफ्नो घर नपुगेपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा आईतवार दिउँसो साँढे १ बजे आफ्नो घरबाट ५ सय मिटर जति पश्चिमतर्फ रहेको सिरवानको जंगलको गोरेटो बाटोबाट लडी मृत फेला परेकी हुन्।
घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमका लागी हेटौंडा अस्पताल पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




