असोज१५,हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोईनसहित २ जनालाई पक्राउ गरेको छ।
आईतवार साँझ साँढे ६ बजेको समयमा हेटौंडा-१५ स्थित रातोमाटे चेकपोईन्टमा बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्कुटरमा सवार दुईजनालाई ११ ग्राम खैरो हिरोईनसहित नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरुको प्रहरीले परिचय खुलाएको छैन।
प्रहरीका अनुसार उनिहरुले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३-०३-००२प २७९० नम्बरको स्कुटरमा २ ओटा प्लास्टिकको पोकामा उक्त लागूऔषध ल्याएका थिए।
निजहरूलाई स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीको भनाई छ।



