असोज१८,निजगढ।अविरल वर्षाका कारण गन्तव्यमा पुग्न नपाई बाराको निजगढ क्षेत्र वरिपरि अलपत्र परेका यात्रुहरुलाई एकजना प्रधानाध्यापकले निशुल्क गाँस र बासको व्यवस्था गर्ने घोषणा गरेका छन्।

निजगढ नगरपालिका-७ घर भई वडा नम्बर १० लालस्थित एक विद्यालयमा प्रधानाध्यापकका रुपमा कार्यरत दीनानाथ साहले निजगढ बाहिरका अलपत्र यात्रुलाई गाँसबासको व्यवस्था गर्ने घोषणा गरेका हुन्।

साहले उक्त कार्यका लागी आफू २४ सै घण्टा उपलव्ध हुने पनि बताएका छन्।

यदि कोही यात्रु अलपत्र परेका छन् भने उनले ९८५५०२९२३१ मा सम्पर्क गर्न अनुरोध पनि गरेका छन्।

प्रधानाध्यापक साह आफ्न्नो नाम जस्तै दीनदुखीको सेवामा लागीपर्ने व्यक्ती हुन्। उनले आपत बिपतमा परेका असहायहरुलाई सहयोग गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय