असोज२१,हेटौंडा।मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको वागमती गाउँपालिका-४ स्थित हरामीचोकमा विद्युतिय गाडीले मोटरसाइकललाई ठक्कर दिँदा १६ जना घाईते भएका छन्।

आज विहान पौने ७ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ००७२ नम्बरको विद्युतिय गाडीले भित्रि बाटोबाट हाईवेतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दूर्घटना भएको प्रहरीले जनाएको छ।

ठक्करपछि गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १५ फिट जति तल खोल्सीमा खस्दा मोटरसाइकल चालकसहित सो गाडीमा सवार १६ जना यात्रु घाईते भएका हुन्।

घाइतेहरुलाई प्रहरीले उद्वार गरी स्थानिय साम्भि पोलिक्लिनीक तथा हेटौंडास्थित सहकारी अस्पतालमा पठाएको र एकजना गम्भीर घाईते मिकसा पौडेललाई भने उपचारार्थ काठमाडौं लानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय