असोज२१,हेटौंडा।जमरा सेलाउन गएका चितवनका एक पुरुषको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
आज बिहान करिब ७ बजेको समयमा भरतपुर महानगरपालिका-१६ फुर्तिचोक बस्ने ५५ वर्षिय गोपाल शर्मा पौडेललाई आज विहान ७ बजे भँगेरीथानस्थित नदी किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएको थियो।
उनि ना ६१ प ४९३६ नम्वरको स्कुटर चढेर नदी किनारमा जमरा सेलाउन पुगेका थिए।
वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोलीले शर्माको शव सानोगढी किनारमा फेला पारेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।



