असोज२३,हेटौंडा।मकवानपुर प्रहरीले साँढे २८ लाख भन्दा बढी रुपैयाँ बराबरको भन्सार छली ल्याईएको अवैध सामानहरुसहित एउटा कन्टेनर र त्यसको चालकलाई नियन्त्रणमा लिएको छ।

बिलबिजक भन्दा बढी मालसामान भएको लु.२ ख ४०४१ नम्बरको कन्टेनर ट्रक र त्यसका चालक पर्साको वीरगंज महानगरपालिका-१४ पिपरा बस्ने ४५ वर्षिय हिरालालप्रसाद कुर्मीलाई प्रहरीले रातोमाटे चेकपोष्टबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वुधवार वीरगंजतर्फबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनरलाई शंका लागी चेकजाँच गर्दा २८ लाख ७० हजार रुपैयाँ बराबरको मालसामान फेला परेको थियो।

चालक कुर्मी र कन्टेनरलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय पथलैया,बारा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय