असोज२७,निजगढ।बाराको निजगढ नगरपालिका-१२ कोलगाउँस्थित श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापकमा सोमबहादुर कार्की(रवि) नियुक्त भएका छन्।

विद्यालय व्यवस्थापन समितिको सोमवार बसेको बैठकले कार्कीलाई प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको समितिका अध्यक्ष लक्ष्मण थिङले जानकारी दिए।

निजगढ-४ स्थित जनकल्याण आधारभूत विद्यालय,पुरानोटोलमा सहायक प्रधानाध्यापकको रुपमा कार्यरत कार्की २ महिना अघि सरुवा भई त्यहाँ पुगेका थिए।

करिब २ सय विद्यार्थी अध्ययनरत् उक्त विद्यालयमा यसअघि निमित्त प्रधानाध्यापकको भरमा पठनपाठन भईरहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय