असोज२९,हेटौंडा। हेटौंडामा १२ वर्षदेखि थ्री व्हिलर इलेक्ट्रीकल भेहिकलहरुको आधिकारिक बिक्रेताको रुपमा रहेको कुशवाह मोटर्शले जापानीज ब्राण्डको इलेक्ट्रीक स्कुटर शोरुम संचालनमा ल्याएको छ।
हेटौंडा उपमहानगरपालिका-४ शितलमहल चोक नजिकै शोरुम संचालनमा ल्याइएको छ।
शोरुमको उद्घाटन स्कुटरका पहिलो ग्राहक केन्द्र जोशी,बुद्धिबहादुर श्रेष्ठ तथा संचालक बलिरामप्रसाद कुशुवाहले संयुक्तरूपमा गरेका थिए।
एकवर्षको वारेन्टी रहेको,बलियो र पार्ट्सहरुपनी सजिलै उपलब्ध हुने तथा १२० प्लस माइलेज दिने स्कुटर नेपालमा पहिलोपटक लन्च गरिएको मोटर्सका संचालक बलिराम कुशुवाहले बताए।
त्यस्तै,स्कुटर बलियो हुनुका साथै , स्मार्ट र ४५ डिग्रीसम्मको उकालोपनि दुईजना चढेर सजिलै कटाउन सकिने हेटौंडा शाखाका म्यानेजर ओमकुमार चौरसीयाले जानकारी दिए।
शोरुम संचालन हुनासाथ ३ वटा स्कुटर बिक्री भएको,धेरैले शोरुम भिजिट गरेका र अर्डरहरुपनी आइरहेको उनको भनाई छ।



