कार्तिक१२,हेटौंडा।राष्ट्रिय भुमि अधिकार मञ्चको मकवानपुर अध्यक्षमा देवकृष्ण थोकर चयन भएका छन्। थोकरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ।

जिल्लाका कार्यवाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा हेटौंडाको सिमलटारमा मंगलवार भएको भेलाले नयाँ कार्यसमिति निर्माण गरेको हो।

मञ्चका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

समितिको उपाध्यक्षमा सुर्यबहादुर सापकोटा , सचिवमा सोमलाल गोले , सहसचिवमा लक्ष्मण निरौला, कोषाध्यक्षमा ठुलीमाया मुक्तान चयन भएका छन्।

यसैगरी सदस्यमा सरिता पराजुली , भुमलसिङ घलान,कमल थिङ,बुद्धराज गिरी,बिकास तितुङ्ग,सुस्मा भोलन,रुक्मणी तिमल्सिना र शारदा शर्मा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय