कार्तिक२५,हेटौंडा। मकवानपुर प्रहरीले नाबालिकालाई जबर्जस्ती करणी मुद्धाका एकजना प्रतिबादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१ का ४६ वर्षिय ऋषि केबि छन्।

नाबालिकालाई जबर्जस्ति करणी गरेको भन्ने पिडित पक्षले दिएको जाहेरी दरखास्तका आधारमा केबिलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।

उनिउपर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको डिएसपी बोगटीले बताए।

साथै,डरत्रासका कारण कुनै महिला तथा नाबालिकाहरुले जबरजस्ती करणी जस्तो जघन्य अपराधबाट पीडित भई सूचना दिन नसकेको भए प्रहरी कार्यालयमा जुनसुकै माध्यम मार्फत गोप्य रूपमा सूचना दिन उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय