कार्तिक२५,हेटौंडा।मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुँढेमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ७१ वर्षिय खडकबहादुर घलान छन्।
घलानलाई आज साँझ ६ बजेतिर हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते बनाएको थियो।
अनुहार र टाउकोमा चोट लागि मध्यम अवस्थामा हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारार्थ पठाईएका घलानलाई चिकित्सकले पौने ८ बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक बकैया-७ बस्ने वर्ष २५का देवराज वि.क. र मोटरसाइकलको पछाडी सवार वागमती गाउँपालिका-६ का २० वर्षिय देवराज धानुकी सामान्य घाईते भई स्थानिय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन्।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।



