कार्तिक२६,हेटौंडा।बाराको जीतपुरसिमरामा अवस्थित चुरोट फ्याक्ट्री,सुर्य नेपालको कर्मचारी हौँ भन्दै व्यापारीहरु ठगी गर्ने ३ जना मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-२४ बस्ने २८ वर्षिय राजु सर्राफ, वडा नं. १९ बस्ने वर्ष ४० का रामराउत कुर्मी र वडा नं. ३२ टेटा घरभई हाल हेटौंडा उपमहानगरपालिका-१० टिसिएनरोड डेरा गरि बस्ने वर्ष ४० का नितेशकुमार केशरी छन्।

उनिहरुले कम्पनीको लागि सामान खरिद गर्ने भन्दै हेटौंडाका व्यापारीहरुसँग मोटो रकम असुलेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनिहरुले व्यवसायीहरुलाई अनलाईनबाट सामान अर्डर गरी रकम जम्मा गरेको नक्कली बैंक भौचर ह्वाटसप मार्फत पठाई सत्र लाख सतासी हजार रुपैयाँ बराबरको सामानहरु वीरगंजतर्फ डेलिभरी गर्न लगाई ठगी गरेका हुन्।

पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय