कार्तिक३०,हेटौंडा।मकवानपुरको भीमफेदी गाउँपालिका-१ बुङदलखोलाको पूलबाट मोटरसाइकल खस्दा दुईजनाको ज्यान गएको छ।
आईतवार विहान ७ बजेतिर बुङ्दलस्थित भित्री सडकखण्डको बुङदल खोलाको पुल माथीबाट अन्दाजी ५० फिट तल बा.प्र. ०३-००५ प ७९८० नम्बरको मोटरसाईकल खोलामा खसेर दुर्घटना
हुँदा २ जना पुरुष ब्यक्तीहरुको घटनास्थलमै मृत्यु भएको छ भन्ने जानकारी स्थानिय मार्फत प्रहरीले सूचना पाएको थियो।
तत्काल मृतकहरुको सनाखत नभएपनी शव पोष्टमार्टम्पछी मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-२ चौकिटोल बस्ने ३९ वर्षिय वीरबहादुर गुरुङ र पछाडी सवार पुर्वि नवलपरासिको कावासोति नगरपालिका-१३ घरभई हाल हेटौंडा-२ चौकिटोलमा डेरा गरी बस्ने वर्ष ३५ का चन्द्रबहादुर गुरुङ भएको मृतकहरुका श्रीमतिले सनाखत गरेका प्रहरीले जनाएको छ।
दुर्घटनास्थलको प्रकृती हेर्दा दुर्घटना रातको समयमा भएको हुन सक्ने र मोटरसाइकल सुपारेटार ब्यारेकतर्फ बाट सामरी धादिङतर्फ जाँदै गरेको जस्तो देखीएको प्रहरीले जनाएको छ।
घटनास्थलमा मकवानपुरक प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराको कमाण्डमा अनुसन्धान टोली समेत खटी गएको थियो।



