मंसिर३,हेटौंडा। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार सुन्धारा,काठामाण्डौंबाट भागेका एकजना कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको थाहा नगरपालिका-९ बस्नेत टोल बस्ने बर्ष ३२ का भुपेन्द्र बस्नेतलाई मंगलवार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

बस्नेत लागूऔषध खैरो हिरोईन मुद्दामा कारागार चलान भएका थिए। उनलाई आवश्यक कार्वाहिका लागी भिमफेदी कारागार बुझाईएको प्रहरीले जनाएको छ।

त्यसैगरी,मकवानपुर प्रहरीले मंगलवार नै लागूऔषध खैरो हिरोईन ४ ग्राम ९४० मिलिग्रामसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवनका ३९ वर्षिय सोमबहादुर थोकर छन्।

हेटौंडा उपमहानगरपालिका-१८ ठुलोदमार स्याउली बजारस्थित धरान-चतरा-सडकखण्डमा बा.प्र.०३-००५ प ३१०१ नम्बरको मोटरसाईकल रोकी बसीरहेका थोकरलाई शंका लागी खानतलासी गर्दा निजको साथबाट लागूऔषध खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय