मंसिर६,निजगढ।बाराको निजगढ नगरपालिका¬–७ लच्कास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको ४३ औं जन्मजयन्ती तथा ४४औं अभिभावक दिवस विहिवार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले उद्धाटन गरे। कार्यक्रममा चालु शैक्षिक सत्रको वार्षिक परीक्षा र विद्यालयले संचालन गरेको खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका बालबालिकाहरुले चेतनामूलक, गीत, नृत्य र लघु नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्धाटन सत्रमा नगरप्रमुख पुरीसहित उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाकी पूर्वनगर उपप्रमुख लिलादेबी लामिछाने, स्थानीय समाजसेवी घनश्याम लम्साल, भोजराज अधिकारी र बासुदेव तिमल्सिनालगायतले बोलेका थिए ।

कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, जनप्रतिनिधि र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक हरिशरण सुवेदी र किरण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय