मंसिर,६ काठमाडौं।राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, काठमाडौं उपत्यका समितिको अध्यक्षमा अनिताकुमारी घिमिरे निर्विरोध निर्वाचित भएकी छन्।
काठमाडौंमा आज भएको निर्वाचनमा घिमिरेको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएका सञ्चारकर्मी नेपालका केन्द्रिय सचिव कमल सरगमले जानकारी दिए।

सरगमका अनुसार वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने,उपाध्यक्षमा मिलन खत्री,सचिवमा
सन्जय पोखरेल, सहसचिवमा अनिता पुराकोटी,
कोषाध्यक्षमा राहुल थापा र सह-कोषाध्यक्षमा सुरेश पन्त निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा इन्द्रजित पौडेल,आकृति आचार्य, विकास दमासे,गोपाल नेपाली,चक्रप्रसाद पोखरेल,लक्ष्मण पोखरेल,विकास थापा र सन्तोष तामाङ निर्वाचित हुँदा प्रचारप्रसार बिभागको
सचिवमा प्रकाश बिश्वकर्मा र सदस्यमा निरोज गौतम निर्वाचित भएका छन्।




