मंसिर,७चन्द्रपुर।रौतहटको चन्द्रनिगाहपुरमा सशस्त्र प्रहरीले दुईवटा अत्याधुनिक पेस्तोलसहित निजगढका एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-६ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २२ वर्षिय सुमन आचार्य छन्।

शनिवार चन्द्रपुर-४ स्थित देउराली चोकमा पैदल हिँडिरहेका आचार्यलाई सशस्त्र प्रहरी बलको टोलीले चेक गर्दा उनिसँग मेड इन इटाली लेखेको अटोमेटिक बेरेटा पेस्तोल १ थान र सोको म्याग्जिन एक थान तथा ब्राउनिङ (सीएफ) लेखेको पेस्तोल एक थान, सोको म्यागजिन एक थान र १३ राउन्ड गोली र खुकुरीसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा आचार्यलाई पक्राउ गरिएको हो। दुवै पेस्तोल अत्याधुनिक भएको बलले जनाएको छ।

आचार्यले कहाँबाट पेस्तोल ल्याए र त्यसको उद्देश्य के हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

सशस्त्र प्रहरीले पक्राउ गरेका आचार्यलाई हतियारसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय