मंसिर११,हङकङ।हङकङमा हिजो बुधबार दिउँसो ताइ पो को वाङ फुक कोर्टमा लागेको भीषण आगलागीबाट पछिल्लो अपडेट अनुसार ४४ जनाको मृत्यु भएको छ भने २७९ जना बेपत्ता भएको बताइएको छ।

फायर फाइटरहरुले १६ घण्टाको लामो सर्घष पछि अहिले आगोलाई नियन्त्रणमा लिएका छन्। अस्पतालमा भर्ना भएका मध्ये ४५ जनाको अवस्था अझै गम्भीर रहेको बताईएको छ।

अहिले ९०० जना मानिसहरू सामुदायिक हलहरूमा राखिएको छ।
एस्टेटमा रहेको ८ वटा भवनहरुमा जुलाई २०२४ देखि मर्मतसम्भार भइरहेको थियो जसका लागि बाँसको मचान र हरियो जालीले ढाकिएको थियो।

सरकारले घातक आगलागीको कारण पत्ता लगाउन आपराधिक अनुसन्धान सुरु गर्ने बताएको छ। प्रमुख कार्यकारी जोन लीले आगलागीलाई “ठूलो विपत्ति” को रुपमा मानेका छन।

चाइनाका राष्ट्रपति सी जिनपिङले बुधवार साँझ अबेर एक विज्ञप्तिमा शोक व्यक्त गर्दै हताहत र क्षतिलाई कम गर्न “सबैभन्दा बढी प्रयास” गर्न आह्वान गरेका थिए।

अहिले हङकङ सरकारसहित सम्पूर्ण सुरक्षा संयन्त्रलगायत अन्य सामाजिक संगठनहरु आगलागीबाट पिडित भएकाहरुलाई मानवीय सहयोग र उद्धारमा खटिएका छन।

हङकङमा आउँदो डिसेम्बर ७ मा हुने विधानसभाको निर्वाचनअघि यस्तो दु:खद घटना भएको हो।
अहिले निर्वाचनका गतिविधिहरू स्थगित गरिएको छ भने जोन ली ले सरकारले चुनाव स्थगित गर्नु पर्ने भएमा समीक्षा गर्ने बताएका छन।

अहिले उक्त घटनालाई लिएर प्रेस्टिज कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनीको कार्यालयमा खानतलासी गरिएको छ भने दुई निर्देशकहरूसहित तीन जनालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको छ।एजेन्सि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय