मंसिर२४,हेटौंडा।हेटौंडामा सडक विस्तारका क्रममा डोजरले भत्काएको घरको ढलान खस्दा एकजना कामदार घाईते भएका छन्।

मकवानपुर उद्योग वाणिज्य संघको अगाडी पट्टि रहेको स्थानिय सुदिप थापाको घर सर-सफाई गर्ने क्रममा बुधवार विहान पौने ८ बजेको समयमा दुईतला माथिको ढलान खसेको थियो।

उक्त ढलान खस्दा सोही घरको सर-सफाई गर्दै गरेका रौतहटको माधवनारायण नगरपालिका-७ लौकाहा घर भई हाल हेटौंडा बुद्ध चोकमा डेरा गरि बस्ने १९ वर्षिय जितेन्द्र माझी घाईते भएका हुन्।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय